एमाले फुटयो, नेपालको नेतृत्वमा नयाँ दल नेकपा एमाले समाजवादी बनाउने निर्णय



२ भदौ, काठमाडौं ।
पार्टीभित्रको आन्तरिक विवादको कारण अन्ततः नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरे लगत्तै नेपाल समुहले नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो । नेपाल समुहका नेता मेटमणि चौधरीले नेकपा एमाले समाजवादीको संयोजकमा नेता नेपाल छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । उनका अनुसार पार्टीको चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्