मुख्यमन्त्री पौडेलद्धारा राजिनामा, अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्दै



२ भदौ, काठमाडौं ।
नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको बेला त्यसको प्रभाव बागमती प्रदेश सरकारमा देखिएको छ । नेपाल समुहका नेताहरुलाई विभाजित हुन नदिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजिनामा दिएका छन् ।

लगत्तै आज बसेको एमाले बागमी प्रदेशको संसदीय दलको बैठकले दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई अब मुख्यमन्त्री बनाउने भएको छ । नेपाल समुहका नेतृ शाक्य र अरुण नेपाल एक ठाउँमा उभिएपछि माधव पक्षका धेरै सांसद रोकिने र बहुमतप्राप्त संसदीय दलको नेताका रूपमा शाक्य मुख्यमन्त्री बन्ने भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्