नेकपा एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा रामेछापका पौडेल
२ साउन, काठमाडौंं ।
नेकपा एमालेबाट विद्रोह गरी गठन भएको नेकपा एमाले (समाजवादी) पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा रामेछापबाट देवशकंर पौडेल पनि रहेका छन् । नेकपा एमाले नेपाल समुह रामेछापका इन्चार्ज समेत रहेका नेपाल नेतृत्वको पार्टीमा पुनः केन्द्रीय सदस्य भएका हुन् । यसअघि पनि पौडेल एमालेको केन्द्रीय सदस्य रहेका थिए । नेपाल नेतृत्वको केन्द्रीय सदस्यमा रामेछापबाट पौडेल मात्र समावेश भएका छन् ।