पार्टी एकता भन्दा मन्त्री पद ठूलो होइनः ढुंगेल



३ भदौ, काठमाडौं ।
बागमती प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा योजना मन्त्री एवं नेकपा एमालेका नेता कैलाश ढुंगेलले पार्टी एकता भन्दा ठूलो मन्त्री पद नभएको बताएका छन् । उनले पार्टी एकताको लागि मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजिनामा दिएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएको बताउदै एकताको लागि मन्त्री पद गौण नभएको बताएका हुन् । ढुंगेलले रामेछाप न्युजसँग भने,‘साढे तीन बर्ष मन्त्री भएर काम गर्दा समृद्धिको जग हाल्ने काम भएको छ, विकास निर्माणको कामको परिणाम धमाधम देखिन थालेको छ, एकताको सन्देश दिनको लागि अष्टलक्ष्मी शाक्यलाई प्रदेश सरकारको नेतृत्व हस्तान्तरण गरिएको हो ।’

आफूले यसअघि नै पार्टी एकताको लागि मन्त्री पद त्याग गर्न तयार रहेको घोषणा गरेको स्मृरण गर्दै उनले पार्टीबाट माधव कुमार नेपालको सानो समय चोइटिएर गएको बताए । उनले नेपाल समुहमा रहेको दुई जना बाहेक अधिकाशं स्थायी कमिटीका सदस्यहरु मुल पार्टीमै रहेको बताउदै ढुंगलले नेपाल नेपालकाे पाटीमा समावेश गरिएका ९५ जना  केन्द्रीय सदस्यहरु मध्येबाट पनि  मुल पार्टीमै फर्किने क्रम बढिरहेको बताए । नेपाल समुह चोइटिएर जादा पनि रामेछापमा त्यसको कुनै असर नरहेको बताउदै ढुंगेलले भुलवस बाटो बिराएकाहरु पनि पुनः मुल पाटीमै फर्किने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्