तीन बर्ष ६ महिना मन्त्री बनेर हास्दै विदा भए ढुंगेल (फोटोफिचर)
३ भदौ, हेटौडा ।
बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल तीन बर्ष ६ मिहना मन्त्री भएर विदाई भएका छन् । डोरमणि पौडेलले मुख्यमन्त्रीबाट राजिनामा दिएसँगै अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छिन् । शाक्य मुख्यमन्त्री भएसँगै पौडेल नेतृत्वकाे सरकारमा सहभाागी आर्थिक मामिला तथा योजना मन्त्री रहेका ढुंगेल पनि बाहिरिएका छन् ।
विहिवार आर्थिक मामिला तथा योजना मन्त्रालयले विदाइ कार्यक्रम आयोजना गरेर ढुंगेललाई विदाई गरेको छ । विदाई कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले आफ्नो कार्यकालमा नीतिगत रुपमा धेरै सुधारको काम गर्न सफल भएको बताए । उनले भने,‘मन्त्री भएपछि देश र जनताको पक्षमा मन बचन र कर्मको साथ काम गरे, बागमती प्रदेश सरकारले यस अवधिमा समृद्धिको जग हालेको छ, अब समृद्धिले गति लिन्छ ।’ तीन बर्ष ६ महिनाको अवधिमा प्रदेश सरकारले धेरै काम गरेको बताउदै उनले ती कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।