पार्टी भन्दा मन्त्री पद ठूलो ठानिनः ढुंगेल



५ भदाैऽ काठमाडौं ।
नेकपा एमाले रामेछापका इन्चार्ज एवं वाग्मती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पार्टी एकता भन्दा ठूलो मन्त्री नभएको बताएका छन् । उनले पार्टी एकता बचाउनको लागि बागमती प्रदेशले उदाहरण प्रस्तुत गरेको बताउदै वाग्मती प्रदेशमा एमालेले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको बताएका हुन् ।

शनिबार नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सम्मानमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेलले पार्टीको अगाडि मुख्यमन्त्री र मन्त्री पद केही बताए । पार्टी बचाउनकै लागि डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजिनामा दिएको बताउदै उनले पार्टी अब थप समृद्ध बन्ने बताए ।

विभिन्न शक्तिको चलखेलका कारण एमालेलाई कमजोर बनाउने प्रयत्न भएको टिप्पणी गर्दै नेता ढुंगेलले अहिलेको घटना क्रमले केही कमजोर जस्तो देखिएपनि अब पार्टीले नयाँ गति लिएर अगाडि बढने बताए । डोरमणि पौडेल नेतृत्वको सरकारले वागमतीमा विकासको जग बसाएको बताउँदै उनले साढेतीन वर्षको अवधिमा वाग्मती प्रदेशको विकासले फड्को मारेको बताए ।

बागमती प्रदेशमा एमालेमा कुनै विवाद नभएको बताउँदै ढुंगेलले सरकार र पार्टीलाई एक बनाएर अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।त्यसैगरी उनले रामेछाप जिल्लामा आफू मन्त्री हुँदा अलिहेसम्म हुन नसकेको विकास निर्माणको काम अगाडि बढेको बताउदै सुरुवात भएका विकास निर्माणको कामलाई पूर्णर्ता दिन आफूले भूमिका खेल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्