ओलीले एकता नचाहेकै कारण पार्टी फुटयोः देवशकंर पौडेल



७ भदौ, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका नेता देवशकंर पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी विभाजित भएको बताएका छन् । उनले पार्टी एकताको लागि माधव कुमार नेपालले हदैसम्म लचकता अपनाएर प्रयास गरेपनि ओलीले वेवास्था गरेर अगाडि बढदा पार्टी विभाजनको अवस्थामा पुर्याएको आरोप लगाएका छन् ।
नेता पौडेलले रामेछाप न्युजसँग भने,‘हामीले अहिले पनि एकताकै पक्षमा छौ, अन्तिम अवस्थासम्म एकता नै चाहेका थियो, तर विधि र पद्दतीलाई पन्छाएर ओली अगाडि बढदा एकताको ढोका बन्द हुन पुग्यो ।’
पार्टी विभाजन नहोस भन्ने आफूहरुले चाहे पनि पार्टी अध्यक्ष ओलीको कदमको कारण बाँध्य भएर नयाँ पार्टी गठन गरेको बताउदै उनले पार्टी पद्दती अनुसार नचल्ने सोचकै कारण पार्टी एकताबद्ध रहन नसकेको बताए ।
पार्टी सामुहिक नेतृत्व र विचारमा चल्नु पर्ने भएपनि ओलीले आफूलाई दिने दाता मात्र हो भन्ने अहंकार बोकेको कारण अहिलेको अवस्था सृजना भएको हो, उनले भने ।

प्रतिक्रिया दिनुहोस्