सरकारको उपहारः फेरि बढयो पेट्रोलियम पदार्थको भाउ, कुनमा कति पुग्यो मुल्य ?



७ भदौ, काठमाडौं ।
सरकारले पट्रोलियम पदार्थको भाउ बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले सोमवार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको बताएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ।

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १३०, डिजेल ११३ र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८६ रुपैयाँ पुगेको छ। यस्तै, निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर १६ अमेरिकी डलरले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७७० अमेरिकी डलर प्रतिकिलोलिटर कायम भएको छ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्