अब एमाले रामेछापको अध्यक्षमा पौडेल र सचिवमा श्रेष्ठ !



८ भदाै,काठमाडाै‌ ।

नेकपा एमालेले २ जेठ २०७५ अघिकै कमिटीलाई ब्युँताउने निर्णयसँग पुरानै कमिटीले निरन्तरता पाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले जेठ २ अघिकै कमिटीलाई ब्युँताउने निर्णय गरेको हो ।
योसँगै नेकपा एमाले रामेछापको अध्यक्षमा शान्ति पौडेल र सचिवमा आनन्द श्रेष्ठले हुने भएका छन् । नेकपाभित्र विवादको कारण यसअघि माधव कुमार नेपाल समुहको जिल्ला अध्यक्षमा पौडेल रहेका थिए । पौडेल नेपाल समुहमा लागेपछि स‌स्थापन पक्षाले रामेछापको जिल्ला कमिटीको अध्यक्षमा तत्कालिन जिल्ला कमिटीका सचिव आन्नद श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।


नेकपा एमाले रामेछापका तत्कालि जिल्ला इन्चार्ज देवशकंर पौडेल नेपाल समुहमा लागेसँगै स‌स्थापन पक्षाले कैलाश ढुंगेललाई जिल्ला इन्चार्ज बनाउने निर्णय गरेको थियो ।
नेकपा एमालेका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले अब पार्टी एक ढिक्का बनेर अगाडि बढने बताए । उनले रामेछाप न्युजसँग भने,‘पार्टी स्थायी कमिटीको निर्णय अनुसार अब रामेछाप एमालेको अध्यक्षमा शान्ति पौडेल र सचिवमा आन्नद श्रेष्ठले जिम्मेवारी लिएर काम गर्नुहुन्छ ।’ ढुंगेलका अनुसार साविकै जिल्ला कमिटीले पनि अब निरन्तरता पाउनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्