मन्थलीमा बन्ने भो १५ शैयाको अस्पताल, नगरमप्रमुख बस्नेतद्धारा शिलान्यास (फोटोफिचर)
१० भदौ, रामेछाप ।
रामेछाप मन्थली नगरपालिका १५ शैयाको अस्पताल भवन निर्माण हुने भएको छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण हुन लागेको हो ।
आज एक कार्यक्रमकोबीच नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिका–१ आकाशेमा निर्माण हुन लागेको अस्पताल भवनको शिलान्याश गरेका छन् । उनले सेवाग्राहीको चापलाई ध्यानमा राखेर मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैष्याको अस्पतालमा स्तरउन्नती गर्न लागेको बताए ।
२०५० सालमा स्थापना भएको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनन्ती गरी १५ शैयाको अस्पताल बनाउन लागिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई ( भवन) रामेछाप मार्फत निर्माण हुँन लागेको अस्पताल ९ करोड, ३२ लाख, ५० हजार हजारमा निर्माण हुन लागेको छ । आगामी २०७९ मंसिर ३० गते निर्माणका सम्पन्न गर्ने गरी श्री गाल्वा/लाल शुभ मेन्द्रो जेभी काठमाडौँले भवन निर्माणको जिम्मेवारी पाएको छ ।