रामेछापमा एक दर्जन भन्दा बढी ठाउँमा पहिरो (फोटोफिचर)



१४ भदौ, रामेछाप ।
अविरल बर्षासँग रामेछापका जिल्लाभित्र एक दर्जन भन्दा बढी स्थानमा पहिरो गएको छ । पहिरोको कारण मानविय क्षति नभए पनि केही घर भने उच्च जोखिममा परेका छन् । उच्च जोखिममा परेका घरका परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्यमा स्थानीय सरकार प्रहरी खटिएका छन् । रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्ड गाउँपालिका, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाभित्र विभिन्न स्थानमा पहिरो गएको छ ।

पहिरोका कारण अवरुद्ध सडक भने स्थानीय सरकारको सक्रियतामा सुचारु गराइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले रामेछापमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो गएको बताए । पहिरोको कारण यातायात अवरुद्ध हुन नदिने नीति अनुरुप अहिले निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको बताउदै अझै पनि सर्तक रहनु पर्ने आवश्यकता रहेको उनले बताए ।

अविरल वर्षापछि खसेको पहिरोले जिल्ला सामुदायिक आँखा केन्द्र रामेछापको भवन पुरिएको छ । आइतबार दिउँसो मन्थली नगरपालिका–१ स्थित गुम्बाको एकतले घर भासिएको छ । त्यसैगरी अविरल बर्षको कारण रामेछाप नगरपालिका–५ खानीडाँडा ज्यामिरबोटमा माथिल्लो भागबाट जमिन खसेर तीन घर उच्च जोखिमा रहेको रामेछाप नगरपालिकाका नगर उप्रमुख सृजना खड्काले जानकारी दिइन । उनका अनुसार मानविय क्षति हुन नदिनको लागि जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा सारिएको छ । थप क्षति हुन नदिन त्रिपाल र प्लाष्टिक व्यवस्थापन गरेर जोखिम न्युनिकरणको प्रयास गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले अविरल बर्षाको कारण रामेछापका विभिन्न ठाउँमा पहिरो गएको बताए । उनले पहिरोबाट थप जनधनको क्षति हुन नदिन प्रहरीले सक्रियता बढाएको बताउदै जिल्लावासीलाई उच्च सकर्तकता अपनाउन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्