रामेछापको ६४ वटै वडामा भदौ २३ गते एकै दिन कांग्रेसको वडा अधिवेशन हुने



१४ भदौ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले यही भदौ २३ गते जिल्लाको ६४ वटै वडामा वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टी केन्द्रको कार्यतालिका अनुसार भदौ १८ गतेको लागि तोकिए पनि निर्वाचन अधिकृतले भदौ २३ गते जिल्लाको सबै वडा तहमा वडा अधिवेशनको मिति तोकेका हुन् ।

आगामी १४ औं महाधिवेशन सम्पन्न गर्नको लागि निर्वाचन रामेछापको ६४ वटै वडामा अधिवेशन गराउन विष्णु लुइँटेल निर्वाचन अधिकृत खटिएका छन् । लुइँटेलका अनुसार जिल्लाका सबै वडामा एकै दिन अधिवेशन सम्पन्न गरिनेछ । नेपाली कांग्रेस रामेछापका प्रवक्ता नारायण बहादुर खड्काले पार्टी अब अधिवेशनको तयारीमा जुटेको बताए । उनका अनुसार जिल्लामा आठ वटा स्थानीय तहमा करिब ११ हजार  भन्दा बढी क्रियाशिल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्