एमाले रामेछापद्धारा जेठ २ ब्यूँताउने निर्णय, भदौ २६ मा जिल्ला कमिटीको बैठक आह्वान



२१ भ्दौ, रामेछाप ।
नेकपा एमाले रामेछापले पार्टीले निर्णय गरेको दस बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको एमाले रामेछापको पदाधिकारी बैठकले दस बुँदे सहमतिलाई जिल्लादेखि वडा कमिटीसम्मै लागू गर्ने निर्णय गरेको हो ।

नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले जिल्लाभित्र दस बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई थप सुदृढ बढाउने लैजानु पर्ने बताए । उनले रामेछापमा एमाले एक ढिक्का रहेको बताउदै दस बुँँदे सहमतिलाई तल्लो तहसम्म नै कार्यान्वयन गरेर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।
पदाधिकारी बैठकले यही भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको एमाले रामेछापका अध्यक्ष शान्ति पौडेलले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार जेठ २ अघि पार्टीको जिल्ला कमिटी सदस्य ७३ जना रहेका छन् ।
एमाले रामेछापको पदाधिकारीमा अध्यक्ष पौडेल, उपाध्यक्ष प्रेम बहादुर तामाङ, सचिव आनन्द श्रेष्ठ र सहसचिव झम्क कडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्