रामेछापको ६४ वटै वडामा आज नेपाली कांग्रेसकाे अधिवेशन हुँदै



२३ भदौ, रामेछाप ।
नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत आज रामेछाप जिल्लाका ६४ वटै वडामा वडा अधिवेशन हुँदैछ । कांग्रेसको घोषित कार्यतालिका अनुसार आज जिल्लाको सबै वडामा एकसाथ वडा अधिवेशन हुन लागेको हो ।

वडा अधिवेशनको सम्पूर्ण तयार अगाडि बढेको र अधिवेशनको प्रक्रिया समेत अगाडि बढेको निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार रामेछापको ६४ वटा वडामा गरी ११ हजार २ सय ५ जना क्रियाशिल सदस्य रहेका छन् । क्रियाशिल सदस्यले नै वडा सभापतिदेखि लिएर जिल्ला नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्