रामेछापवासीलाई धन्यवाद दिन चाहन्छुः मन्त्री पौडेल



२३ भदौ, काठमाडौं ।
नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री शान्ति पौडेलले आफूलाई मन्त्री बनाउन रामेछापवासीको महत्वपूर्ण योगदान रहेको बताए । जनताको अमुल्य मतबाट निर्वाचित भएकै कारण आज मन्त्री बन्न सफल भएको बताउदै जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए ।


मन्त्री पौडेलले रामेछाप न्युजसँग भने,‘रामेछाप जिल्लाको विकास निर्माणको कामलाई मैले पहिलो प्राथमिकता दिएको छु, निर्वाचनमा गरेको प्रतिबद्धता अनुसारका काम अगाडि बढेको छ, बाँकी कामलाई पूरा गर्न मन बचन र कर्मको साथ लाग्छु ।’
बागमती प्रदेश सरकारले ल्याएको बजेटको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको पहिलो काम भएको बताउदै यसअघि सरकारले अगाडि बढाएको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्