दिमीपोखरी कांग्रेसको वडा सभापतिमा थापामगर निर्वाचित भएपछि लफडा



२४ भदौ, रामेछाप ।
सुनापति गाउँपालिका–२ दिमीपोखरीमा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । सहमति हुन नसकेपछि भएको निर्वाचन मार्फत वडा सभापतिमा भिम बहादुर थापामगर २०९ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । बुधवार बिहानैबाट सहमति जुटाउने प्रयास भएपनि सहमति जुटन नसेपछि दिउसो निर्वाचन भएको थियो । ३ सय ५१ क्रियासिल सदस्य रहेको दिमीपोखरीमा साँझ सम्पन्न निर्वाचनमा वडा सभापतिका लागि भिम बहादुर थापामगर र यान बहादुर श्रेष्ठको उम्मेदवारी परेको थियो । निर्वाचनमा कुल २ सय १४ मत खसेको थियो । जस मध्ये थापामगरले २०९ मत प्राप्त गरे भने श्रेष्ठले ४ मत प्राप्त गरेका थिए ।

निर्वाचन सम्पन्न भएपछि मतदान अधिकृत विक्रम बहादुर विसङखेले मतदानबाट निर्वाचित भएका थापामगरलाई वडा सभापति घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए । यान बहादुर श्रेष्ठ पक्षले बुधवार दिउसो साढे १२ मा तय भएको निर्वाचन कार्यतालिका साढे तीन बजेसम्म सार्न आग्रह गरेको थियो । पटक–पटक समय सार्न माग गरेको श्रेष्ठको समुहले अन्तिम समयमा आएर मतदान स्थगित गर्न माग गरेपछि मतदान अधिकृतले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएको र मतपत्र समेत छापिएकाले अगाडि बढाउने निर्णय निर्णय लिएका थिए ।

मतदान अधिकृतले साँझ निर्वाचन सम्पन्न गरेर प्रमाणपत्र समेत हस्तान्तरण गरेको थियो । अविधेशनबाट ३९ जना क्षेत्रिय प्रतिनिधि र २२ जना वडा कार्यसमित चयन गरेको छ । मतदान अधिकृत विसङले वैधानिक रुपमा मतदान मार्फत वडा सभापतिदेखि लिएर अध्य पदाधिकारी र क्षेत्रिय प्रतिनिधिहरु चयन गरिएको बताए ।निर्वाचन सम्पन्न भएपछि असहमति जनाउदै श्रेष्ठको समुहले निर्वाचन प्रक्रियाप्रति आफ्नो सहमति रहेको भन्दै जिल्ला निर्वाचन अधिकृत समक्ष उजुरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्