रामेछापका श्रेष्ठ बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त



२५ भदौ, हेटौडा ।वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष सहित सदस्यहरुको नियुक्त गरेको छ । आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेतलाई नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।

त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ,काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् ।
सदस्यमा नियुक्त भएका खाँडादेवी गाउँपालिकाका श्रेष्ठ एमाले रामेछापका नेता हुन् । उनी २०५४ मा तत्कलिन भिरपानी गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।त्यसैग्री प्याकुरेल एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् भने नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष छन् । उनी शिक्षा तथा योजनाविद हुन् ।

बस्नेत लामो समयदेखि भूमि अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । उनी गुठी तथा भूमि सम्बन्धका विज्ञ हुन् । नवनियुक्त योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रवार पद तथा गापनीयताको सपथ गराएकी छन् ।
नवनियुक्त आयोगका उपाध्यक्ष र सदस्यहरुले शुक्रवारनै कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै आयोगका सदस्य ज्ञान कुमार श्रेष्ठले प्रदेशको नीति योजना निर्माणको काममा सक्रियतापूर्वक काम गर्ने रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्