सकेसम्म सर्वसम्मत सभापति हुने प्रयासमा लागेको छुः कान्छाराम तामाङ



२६ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले सकेसम्म आफू सर्वसम्मत जिल्ला सभापति हुने प्रयासमा लागेको बताएका छन् । पार्टीको जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका तामाङले प्रतिस्पर्धामा अन्य साथीहरु रहेपनि आफू सकेसम्म निर्वाचन प्रक्रिया मार्फत भन्दा पनि सर्वसम्मत सभापति बन्ने कोशिसमा लागेको बताएका हुन् ।

उनले रामेछाप न्युजसँग भने,‘गत प्रतिनिधिसभा निर्वाचनमा पनि राम्रो भोट ल्याएको हुँ, पार्टीभित्र जित्न खासै गाह्रो छैन, मैले गरेको कामको आधारमा पनि सभापतिमा निर्वाचित हुन्छु ।’ वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताउदै उनले सभापतिमा जित्नेमा कुनै शंका नरहेको दावी गरे । जिल्ला सभापतिदेखि पदाधिकारी चयन गर्नको लागि जिल्लाका १३ सय भन्दा बढी प्रतिनिधिहरुले मतदान गर्नेछन् । जिल्लाको ६४ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्