नेकपा एकीकृत समाजवादीले असोज ९ मा रामेछापमा जिल्ला कमिटी घोषणा गर्ने



२६ भदौ, काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टी रामेछापमा संगठन विस्तारको गृहकार्यमा लागेको छ । नेकपा एमालेसँग विभाजित भएर बनेको नेकपा (एस)ले आगामी असोज ९ गते रामेछापमा भेला मार्फत जिल्ला कमिटीको घोषणा गर्ने निर्णय गरेको छ । आज काठमाडौंको एक होटलमा बसेको नेकपा (एस) रामेछापका नेताहरुको सामुहिक भेलाले सो निर्णय गरेको हो । भेलामा जिल्ला कमिटी घोषणा, जिल्ला अध्यक्ष, पदाधिकारी चयन र स्थानीय तहमा संगठन विस्तारको विषयमा छलफल भएको थियो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य देवशकंर पौडेलले आगामी असोज ९ गते जिल्ला भेला मार्फत रामेछापमा पार्टीको जिल्लाका पदाधिकारी र जिल्ला कमिटीको घोषणा गर्ने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनले जिल्लाको ६४ वटै वडामा संगठन विस्तार गरिने बताए ।आजको भेलामा केन्द्रीय सदस्य पौडेल, नेताहरु होम बुढोथाकी, अम्बर लामा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्