एमालेले असोज ७ गते रामेछापमा जिल्ला भेला गर्ने, भेलालाई सम्बोधन गर्न शकंर पोखरेल आउने



२६ भदौ, रामेछाप ।
नेकपा एमालेले आगामी असोज ७ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ । पार्टी विभाजन भएपछि दस बुँदे सहमति कायम गर्न आज बसेको जिल्ला कमिटीको बैठकले असोज ६ गते ६४ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेर ७ गते जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
नेकपा एमाले प्रचार विभागका प्रमुख प्रकाश कुमार कार्कीले पार्टी विभाजनको असर रामेछाप जिल्लामा नपरेको बताउँदै अहिलेको परिवर्तित राजनीतिक सन्र्दभमा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका नेता शक‌र पोखरेल आउने तय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्