रामेछापको हात्तीटारमा जीप दुर्घटनाः तीन जनाको मृत्यु, घाइतेलाई काठमाडौ पठाइयो



३१ भदौ, रामेछाप । मन्थली नगरपालिका–६ हात्तीटार नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ३५१३ नम्बरको बोलेरो जीप आज बिहान र खुर्कोट–मन्थली सडकखण्डको हात्तीटारमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । उक्त जिप भीरबाट करिब तीन सय मिटर तल तामाकोशी नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले बताए ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा ओखलढुंगा खिजिफलाटे  गाउँपालिका–६ फिदी फलाँटेका अन्दाजी ३४ वर्षीय लाक्पा शेर्पा, उनकी श्रीमती अन्दाजी ३१ वर्षीया फुर्वा शेर्पा र गाडी धनी अन्दाजी ३५ वर्षीय वाङछे शेर्पा रहेका छन् । दुर्घटनामा घाइते भएको लाक्पाका १२ वर्षीय छोरा धावा शेर्पालाई घटनास्थलबाट उद्दार गरी थप उपचारका लागि काठमाडौं ढुंगानाले जानकारी दिए । घाइते बालकको निधार र ओठमा गम्भीर चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्