रामेछापका ४७ औं सिडियाेको रुपमा पहाडीले सम्हाले जिम्मेवारी
४ असोज, रामेछाप ।
रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा दिपक कुमार पहाडीले जिम्मेवारी सम्हालेका छन् । केही अघि रामेछापका प्रजिअ गौलोचन सैजूको सरुवा भएसँगै नयाँ प्रजिअको पहाडी आएका हुन् ।
गृह मन्त्रालबाट सरुवा भएर आएका पहाडीले आजबाट जिम्मेवारी सम्हालेका छन् । प्रजिअ पहाडीले जिल्ला प्रहरी कार्यालय रामेछापले सलामी समेत दिएको थियो । जिल्लाको ४७ औं प्रजिअको रुपमा पहाडी आएका हुन् ।
प्रजिअ पहाडीलाई जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना, शसस्त्र प्रहरी बल रामेछापका प्रमुख र जिल्ला प्रशासन कार्यालय रामेछापले स्वागत गरेका थिए ।