नेपाली कांग्रेस रामेछापको जिल्ला अधिवशेन दशै अघि नै गर्ने निर्णय



६ असोज, काठमाडौं ।
नेपाली कांग्रेसले हिमाली जिल्ला रामेछापसहित २१ जिल्लाको अधिवेशन दशै अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ । कांग्रेसले असोज १८ गतेअघि २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।  विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लामा पूर्वनिर्धारित समयमै अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ । ​
ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम (पूर्व) र म्याग्दी गरी २१ जिल्लामा असोज १८ भित्र जिल्ला अधिवेशन सम्पन्न हुने छ ।कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेको लागि तय भएको महाधिवेशनको मिति पनि सानै प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्