रामेछापमा लुटपाट गर्ने चार भाइ प्रहरी खोरमा



८ असोज, रामेछाप ।
रामेछापको विभिन्न ठाउँमा संगठित रुपमा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । लिखु तामाकोसी गाउँपालिका–६ जामुने स्थित चन्द्र बहादुर बुढाथोकीको घरमा भरुवा बन्दुक र छुरी देखाएर धनमाल लुटपाट गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको हो ।

डाँकाको समुहले घरमा रहेका तीन आमा छोरीलाई एउटा कोठामा थुनेर सुन र नगद लुटपाट गरेका थिए । डाँकाको समुह गएपछि उक्त घरकी सुनिता कुमारी बुढाथोकी बेहोस भएकी थिएन ।

लुटपाटमा संलग्नलाई आज जिल्ला प्रहरी कार्यालय रामेछापले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा गोकुलगंगा गाउँपालिका–६ फर्पुका ३३ बषिय मिलन तामाङ, सोही वडाका बर्ष २६ का राहुल भन्ने लाल बहादुर तामाङ, ३४ बर्षिय आकाश तामाङ र १८ बर्षिय भुमिराज तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले संगठित रुपमा हातहतियार देखाएर लुटपाट गर्ने चार जनालाई पक्राउ गर्न सफल भएको बताए । उनका अनुसार चार जनाबाट भरुवा बन्दुकजस्तो देखिने वस्तु एक थान,पुरानो मोरु नोट ८ र अन्य नोट ३५ थान, सुनजस्तो देखिने फुली २ थान र चार थान मोबाइल बरामत गरिएको छ । बुढाथोकीको घरबाट डाँकाको समुहले सुन चाँदी र नगद चोरी गरेका थिए ।

  • जाहेरी अनुसार डाँका चोरी गरेका सामानहरु ;–
  • जाहेरवालाले लगाएको अं. १ तोला सुनको बेरुवा रिङ – २ थान,
  • अं. ६ आना सुनको नाकमा लगाउने फुली – १ थान,
  • अं. १२ आना सुन भएको पोते सहितको घोप्टे- १ थान,
  • दुई छोरीहरुले नाकमा लगाएको अं. ४/४ आना सुनको फुली – २ थान,
  • घर कोठामा टिनको बाक्सामा राखेको ६ आना सुनको ढुंग्री – २ थान,
  • ६ आना सुनको कुण्डल – २ थान,
  • १ तोल सुनको नौगेडी सहितको पोते- १ थान,
  • ६ आना सुनको तिलहरी समेतको पोते – १ थान,
  • ६ आना सुनको औंठी – १ थान,
  • ४ तोला चाँदीको पाउजु – २ थान,
  • सोही बाक्सामा राखेको अं. ३ माना जती चाँदीका पुराना सिक्काहरु,
  • नेपाली नगद रु.२५/३०,०००।- (अक्षरुपी पच्चिस / तीस हजार रुपैयाँ),
  • आधा तोला सुनको तिलहरी – १ थान,
  • ८ आना सुनको माडवारी – २ थान,
  • ६ तोला चाँदीको कल्ली – २ थान,
  • केही पुरानाँ चाँदिका सिक्काहरु,
  • शंख – १ थान ।

 

प्रतिक्रिया दिनुहोस्