रामेछापमा माओवादीलाई सुदृढ बनाएर लैजान्छाै‌‌‌: नेता घिसिङ



९ असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टकल’ले पार्टीलाई सदृढ बनाएर लैजानुको विकल्प नभएको बताएका छन् । उनले पार्टी निर्माणमा युवाहरु नै लाग्नु पर्ने बताउदै संगठन सुदृढीकरण गर्न अभियान नै सञ्चालन गर्नुपर्ने बताएका हुन् । नेता घिसिङले बदलिदो परिस्थितिमा पार्टीले जनतामुखी कार्यक्रम लिएर अगाडि बढनु पर्नेमा जोड दिए ।

सुनापति गाउँपालिका–३ हिलेदेवी–काठमाडौं सम्पर्क मञ्चद्धारा आज राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै घिसिङले पार्टीलाई बलियो बनाउन सबै नेता कार्यकर्ताले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।

सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रोज थिङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामेछापका जिल्ला कमिटी सदस्य युवराज योल्मो, रामेछाप–काठमार्डौ सम्पर्क मञ्चका इन्चार्ज कर्णखर चौलागाई, रामेछाप–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष ईलक ग्यापक, सुनापति गाउँपालिका–२ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, हिलेदेवी गाउँकमिटीका अध्यक्ष कुल बहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।
भेलाले हिलेदेवी–काठमाडौं सम्पर्कको अध्यक्षमा रामकुमार श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठको नेतृत्वमा ३६ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्