रामेछापको दुई नगरपालिका र ६ गाउँपालिकामा आज कांग्रेसको अधिवेशन हुँदै



१० असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज रामेछापको २ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा अधिवेशन हुँदैछ । जिल्लाको आठ वटा स्थानीय तहमा मतदान मार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको छ । मन्थली नगरपालिका, रामेछाप नगरपालिकामा आज कांग्रेसको अधिवेशन हुँदैछ ।

त्यसैगरी सुनापति गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा आज एक साथ अधिवेशन सम्पन्न हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले अहिलेसम्म कुनै पनि विवाद विना जिल्लाको आठ वटै स्थानीय तहमा अधिवेशन प्रक्रिया अगाडि बढेको बताएको छ । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले आज साँझसम्म आठ वटै स्थानीय तहको मत परिणाम आउने रामेछाप न्युजलाई बताए । यसअघि सम्पन्न ६४ वटै वडाको अधिवेशनबाट १४ सय जना क्षेत्रिय प्रतिनिधि चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्