४५ मिनेट पानी पर्दा अस्तव्यस्त मन्थली बजार (फोटोफिचर)
११ असोज, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकाभित्र औषतमा कम बर्षा हुने क्षेत्रमा पर्दछ । कम पानी पर्ने क्षेत्रको रुपमा चिनिदै आएको रामेछापको सदरमुकाम समेत रहेको मन्थलीमा आज भने झण्डै ४५ मिनेट मुसलधारे पानी परेको कारण बजार क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । मन्थलीको देवकोटा चोक क्षेत्रमा भेल बगेको थियो । मन्थली बजार क्षेत्रमा ठूलो पानी पर्दाको समयमा यसरी नै भल बग्ने गरेको छ । सुख्खा भएको कारण बजार क्षेत्र माथिबाट पानीको भेला आउने गर्दछ ।
बजारको माथिल्लो क्षेत्रका खोल्साबाट आएको भलले तामाकोसी अस्पताल अगाडि , खाँदवारि टोलमा नाला जाम हुँदा कालोपत्र सडकमा ढुंगा बालुवासहितको लेदोले परिएको छ । लेदाे हटाउन अहिले स्थानीय जुटेका छन् ।