रामेछापमा कांग्रेसको भोली जिल्ला अधिवेशनः सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता



१५ असोज, रामेछाप ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्ला रामेछापमा भोली कांग्रेस रामेछापको जिल्ला अधिवेशन हुने भएको छ । भोली हुने अधिवेनको लागि जिल्ला सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् । रामेछापका वर्तमान सभापति लवश्री न्यौपाने, कृष्ण महत र पूर्ण बहादुर तामाङ कान्छारामले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले सभापति पदको लागि तीन जनाको उम्मेदवारी दर्ता भएको रामेछाप न्युजलाई बताए । उनका अनुसारा भोली बिहान ८ बजेटबाट मन्थली माविका सभापतिसहित पदाधिकारी र कार्यसमिति चयनको लागि मतदात हुन् । रामेछापमा नेपाली कांग्रेसको १४ सय १३ जना क्षेत्रिय प्रतिनिधिहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्