रामेछाप कांग्रेसको जिल्ला कार्यसमितिको ३९ पदको लागि ८० जनाको उम्मेदवारी



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेसको जिल्ला अधिवशेन अन्तर्गत अहिले मन्थली माविमा नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ । सभापतिसहित पदाधिकारी र कार्यसमिति गरी ३९ पदको लागि ८० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए ।

सभापतिमा वर्तमान सभापति लवश्री न्यौपाने र कृष्ण महत समुहले प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । सभापतिमा उम्मेदवारी दिएका पूर्ण बहादुर तामाङ कान्छारामले भने प्यान विना नै सभापतिमा उम्मेदवारी दिएका छन् । दुई प्यानबाट बाहेक अन्य स्वतन्त्र उम्मेदवारी दिनको संख्या नगन्य रहेको छ । लुइँटेलका अनुसार २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्