रामेछापमा कांग्रेसको अधिवेशनः रातभरी मतदान हुने



१६ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवेशन अन्तर्गत अहिले मतदान भइरहेको छ । दिउसो करिब १ बजेटबा सुरु भएको मतदान अहिले पनि जारी छ । १४ सय मतदाता मध्ये अहिले हालसम्म आठ सय जनाले मतदान गरेका छन । बाँकी अझै छ सय भन्दा बढीले मतदान गर्न बाँकी रहेको छ । चार वटा लाइन मार्फत मतदान भइरहेको छ ।

मतदानको क्रममा अघि साँझ मतदान स्थलमा ढुंगा हानेपछि केहीबेर तनाब भएको थियो । तर मतदान प्रक्रिया भने रोकिएको छैन् । कमजोर व्यवस्थापनको कारण एक बजेटबाट सुरु भएको मतदान अहिले १० बजेसम्म पनि आधा मात्र सम्पन्न भएको छ । मतदान प्रक्रिया जारी रहने जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले जानकारी दिए ।

मतदान प्रक्रिया रोक्ने कुरा हुँदैन, रात कतिबेलासम्म सकिदैन, त्यति बेलासम्म जारी रहन्छ, मतदान सकेसँगै मतगणना प्रक्रिया अगाडि बढाउछौ, उनले भने । मतदान स्थलमा अहिले भिड कम हुँदै गएको छ । जिल्ला सभापति पदाधिकारीसहित जिल्ला कार्यसमितमा रहने ३९ पद र केन्द्रीय महाधिवेशनमा जाने २५ जनाको लागि अहिले मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्