रामेछापमा कांग्रेसको अधिवेशनः मन्थलीको जिसस हलमा मतदान जारी (फोटोफिचर)



१७ असोज, रामेछाप ।
नेपाली कांग्रेस रामेछापको १४ औं जिल्ला अधिवशेन अन्तर्गत आज पनि मतदान जारी छ । हिजो मध्य रातसम्म भएको मतदान हुने क्रममा मतदान स्थलमा ढुगा प्रहार भएपछि तनाब भएको थियो । जसको कारण आज बिहानबाट सुरु गर्ने गरी मतदान स्थगित गरिएको थियो । आज बिहान ९ बजेटबा जिल्ला समन्वय समितिको हल मन्थलीमा जारी मतदानमा करिब तीन सय भन्दा बढीले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले रामेछाप न्युजलाई जानकारी दिए ।

उनका अनुसार हिजो भएको मतदानमा ६६८ मत खसेको थियो । अहिलेसम्म ९ सय भन्दा बढीले मतदान गरेका छन् । अब पाँच सय जनाले मतदान गर्न बाँकी छ । अधिवेशनमा १४ सय १३ जना मतदाताले मतदान गर्ने छन् । लुइँटेलले वीस वटा स्थानमा मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । नेपाली कांग्रेस रामेछापको सपभातिमा वर्तमान सभापति लवश्री न्यौपाने, नेता कृष्ण महत र पूर्ण बहादुर तामाङ ‘कान्छारामले उम्मेदवारी दिएका छन् । अधिवेशनले सभापति, पदाधिकारी र जिल्ला कार्यसमितिसहित ३९ जना र २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । ६४ पदको लागि १४४ जनाको उम्मेदवारी परेको छ । आज मतदान सम्पन्न गरेसँगै मतगणना प्रक्रिया अगाडि बढाउने लुइँटेलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्