कांग्रेस अधिवेशनः रामेछापमा २० घण्टा लगाएर सकियो मतदान



१७ असोज, रामेछाप ।
नेपाली कांगे्रसको १४ औं १४ औं जिल्ला अधिवशेन अन्तर्गत भएको मतदात वीस घण्टा लगाएर सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको मतदानमा १४ सय १३ मतदाता मध्ये १३ सय ८८ जनाले मतदान गरेका छन् । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतदानमा २५ जना अनुपस्थित रहेको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया सम्पन्न भएसँगै मुचुल्का उठाएर अब केही समयपछि शिक्षक संघको कार्यालयमा मतगणना प्रक्रिया अगाडि बढाइनेछ ।

 

प्रतिक्रिया दिनुहोस्