आज मध्ये रातबाट रामेछापमा मतगणना गरिदै, सभापतिमा न्यौपाने, महत र तामाङ कसले जित्ला ?



१७ असोज, रामेछाप ।
नेपाली कांगे्रसको १४ औं १४ औं जिल्ला अधिवशेन अन्तर्गत मतदान सम्पन्न भएसँगै आज मध्यरातबाट मतगणना सुरु गरिने भएको छ । रामेछापका जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतदान प्रक्रिया अहिले १२ बजेदेखि सुरु गरिने जानकारी दिए ।

अहिले सभाापतिका उम्मेदवार, लवश्री न्यौपाने, कृष्ण महत र पूर्ण बहादुर तामाङबीच मतगणना गर्ने विषयमा आचारसंहितामा छलफल भइरहेको छ । सुरुमा सभापतिबाट मतगणना गर्ने तयारी भएको छ । नेपाल शिक्षक संघको कार्यालयमा मतगणना गरिनेछ । सहज रुपमा मतगणना प्रक्रिया अगाडि बढेमा भोली दिउसोसम परिणाम आउने लुइँटेलले जानकारी दिए ।आज सम्पन्न मतदानमा १३ सय ८८ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्