रामेछापमा लवश्री न्यौपाने र कान्छारामबीच आज पुनः चुनाव हुने



१८ असोज, रामेछाप ।
नेपाली कांग्रेसका जिल्ला अधिवेशन अन्तर्गत सभापतिको निर्वाचित हुन ५१ प्रतिशत मत नल्याएको कारण आज पुनः सभापति चयनको लागि मतदान हुने भएको छ । तीन जना सभापतिका उम्मेदवार मध्ये आज हुने निर्वाचनमा कृष्ण महत बाहिरिएका छन । आज सभापतिको निर्वाचनमा वर्तमान सभापति लवश्री न्यौपाने र पूर्ण बहादुर तामाङबीच चुनाव हुने भएको छ । चुनाव अघि दुवै समुह आ–आफ्नो तयारीमा जुटेका छन् । पहिलो चरणमा प्राप्त मत अनुसार कान्छामलाई जम्मा अब ८ मत बढी ल्याउनु पर्नेछ भने न्यौपानेले धेरै मत ल्याउनु पर्ने अंकगणित रहेको छ ।

पार्टीको विधान अनुसार पचास प्रतिशत मत नपुगेको हुँदा पुनः चुनाव गराउने गृहकार्यमा जिल्ला निर्वाचन अधिकृतको कार्यालय जुटेको छ । पहिलो चरणमा लवश्री न्योपानेले ३५६ मत अर्थात २६.३३ प्रतिशत मत प्राप्त गरेका छन् भने कान्छारामले ६६८ अर्थात ४९.४१ प्रतिशत मत प्राप्त गरेका छन् । कृष्ण महतले भने ३२८ अर्थात २४.२६ प्रतिशत मात्र मत प्राप्त गरे । कुल १३ सय ८८ मत खसेकोमा २९ मत बदर भएको थियो । जिल्ला निर्वाचन अधिकृत विष्णु लुइँटेलले मतपत्र छपाइको काम भइरहेको बताउदै निर्वाचनको व्यवस्थापनको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्