नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीमा रामेछापबाट १३ जना चयन (नामसहित)



१९ असोज, काठमाडौं ।
नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । आज आयोजित भेलामा प्रादेशिक इन्चार्ज ,सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ । नेकपा (एस) रामेछापबाट १३ जना प्रदेश कमिटीमा चयन भएका छन् ।

प्रदेश कमिटीमा चयन हुनेमा मन्थली नगरपालिकाका नगरप्रमुख समेत रहेका नेकपा (एस) रामेछापका अध्यक्ष रमेश बस्नेत, अमरबहादुर तामाङ, कृष्णबहादुर थापा, दुर्गाबहादुर घिमिरे,धनबहादुर कार्की, नवराज पौडेल, बलराम खड्का, बैकुण्ठप्रसाद पौडेल, रत्नबहादुर दमाई, शान्ता सापकोटा, श्रीहरि श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र स्वरुपसिंह तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्