पूर्व मन्त्री लक्ष्मण घिमिरेले गृह जिल्ला रामेछापमै पराजित,महाधिवेशन प्रतिनिधि बन्ने सपना अधुरै



२० असोज, रामेछाप ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य लक्ष्मण घिमिरे गृह जिल्ला रामेछापमा भएको १४ औ अधिवेशनमाा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हार बेर्होर्नु परेको छ । रामेछापका टुरिस्ट नेताको रुपमा चिनिदै आएका घिमिरेले रामेछापबाट खुल्ला तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । तर उनले लज्जास्पद हार बेहोरेर काठमार्डौ फर्किएका छन् । पूर्व मन्त्री समेत रहेका घिमिरे रामेछापको राजनीतिमा सक्रिय छैनन् ।

१६ सय ८८ मत खसेकोमा घिमिरेले ४ सय ३० मत प्राप्त गरेका थिए । लामो समय रामेछापमा राजनीति गरेपनि घिमिरे पछिल्लो केही बर्षदेखि राजनीतिमा निस्क्रिय हुँदै काठमाडौंमा बस्दै आएका छन् । १४ औं महाधिवेशनबाट रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने चाहना घिमिरेको अधुरै भएको छ । केन्द्रीय महाधिवशेन प्रतिनिधिमा अधिकाशं नयाँ अनुहारले जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्