रामेछापका डिएसपी ढुंगाना उत्कृष्ट पुरस्कारबाट सम्मानित



२१ असोज, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकोबीच ढुंगाना सम्माति भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले डिएसपी ढुंगानालाई राम्रो कार्य सम्पादन गरे बापत पुरस्कार प्रदान गरेका थिए । पुरस्कृत भएका डिएसपी ढुंगानाले जिल्लामा नेतृत्व सम्हालेको यस अवधमिा नागरिकको गुनासोलाई पहिलो प्राथमिकता दिदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्