रामेछापमा डाँका प्रक्राउ प्रकरणः हतियार मर्मत गर्ने र सुन किन्ने पक्राउ



२३ असोज, रामेछाप ।
रामेछापमा श्रंखलाबद्ध रुपमा डकैती गर्ने समुह प्रक्राउ परेसँगै थप तथ्य फेला परेको छ । गत भदौ ३१ गते राती लिखु तामाकोसी गाउँपालिका–६ जामुने स्थित चन्द्र बहादुर बुढाथोकीकोे घरमा डकैती गरेर सुन र पैसा लुटने चार जना पक्राउ परेसँगै थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानको क्रममा यसअघि पक्राउ परेका चार जनाले दिएको बयानको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका–२ घर भइ काठमाडौं बस्दै आएका महालक्ष्मी सुनचाँदी पसलका सञ्चालक थोगवीर लकान्दि रहेको जिल्ला प्र्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । प्रहरीले उनलाई अवैध सुन किनेको आरोपमा पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्