रामेछापमा घटयो अनौठो घटनाः काटन पर्साएको खसी एकाएक गायब



२८ असोज, रामेछाप ।
मन्थली नगरपालिका–५ सुनारपानीका रामचन्द्र कार्कीले दशैलाई लागि भनेर घरमै खसी पालेका थिए । आज नवमीको दिन खसी काटनको लागि बिहानै पुजाआज भयो । काटनु अघि खसी पर्साउने काम पनि भयो । तर काटने बेलामा एकाएक हराएको खसी १२ घण्टा वित्दा समेत फेला पर्न सकेको छैन् ।

दशैको लागि काटन ठिक परेको खसी हराएपछि रामचन्द्रको परिवारसँगै छिमेकी समेत तीन छक्क परेका छन् । हराएको खसी बिहानदेखि नै खोजी कार्य भइरहदा पनि अहिलेसम्म नभेटिएको छिमेकी नविन कार्कीले रामेछाप न्युजलाई बताए । उनका अनुसार घर नजिकै जंगल रहेको छ । कार्कीले खसी कसैले चोरेको नभई भागेरै हराएको आशंका गरिएको बताए । कार्कीको परिवार खसी हराएपछि चिन्तामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्