रामेछापमा एमालेले संगठित सदस्यको सख्या साढे १० हजार पुर्‍यायो



२ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले पार्टीको संगठित सदस्यको संख्या बढाएको छ । यसअधि ६ हजार रहेको संगठित सदस्यहरुको संख्या बढाएर साढे दस हजार पुर्याएको हो ।

रामेछापको आठ स्थानीय तह र ६४ वडामा एमालेको संगठित सदस्यको संख्या साढे दस हजार पुगेको एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार संगठित सदस्यता वितरण र नविकरणको काम सम्पन्न भएर अब वडा अधिवेशनको लागि जुटेको बताउदै दस हजार पुर्याउने लक्ष्य राखिएकोमा साढे दस हजारको संख्यामा सदस्यता वितरण गरिएको बताए ।

एमालेले माओवादी परित्याग गरेर आएका र नयाँ संगठित सदस्यता वितरण गरी साढे चार हजारको संख्यामा बढेको बताएको छ । तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता हुनु अघि रामेछापमा एमालेको संगठित सदस्यहरुको संख्या ६ हजार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्