युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल बर्खास्त
२ कात्तिक, काठमाडौं ।
सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई बर्खास्त गरेको छ । सरकारले ढुंगेललाई सोधेको लिखित स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति लिएकाहरुलाई धमाधम हटाउदै आएको छ । ढुंगेलले पाँच बर्ष युवा परिषद्को उपाध्यक्ष चलाएर पुनः दोस्रो पटक उपाध्यक्षमा नियुक्त पाएका थिए ।
एमालेका केन्द्रीय सदस्य समेत रहेका ढुंगेलको कार्यशैलीप्रति सरकारले असन्तुष्टि जनाउदै आएको थियो ।
सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक डा. कल्याण रोकालाई हटाउने नीतिगत निर्णय गरेको छ । सरकारले रिक्त पदमा पुनः नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले उनीहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै गत १४ असोजको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।उनीहरूलाई पहिलो चरणमा मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको दाबी गर्दै सरकारले तीनैजनालाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।