रक्सी खाएर टयाक्सी चलाउने चालक रामेछापकाे सेलेघाटबाट समातिए



२ कात्तिक, रामेछाप ।
रामेछापमा मादक पर्दाथ सेवन गरेर टयाक्सी चलाउने चालक पक्राउको फन्दामा परेका छन् । प्रहरीले सेलेघाट नाकामा सवारी चेकजाँच गर्ने क्रममा चालकले मादक पदार्थ सेवा गरेको पत्ता लागेको थियो ।

बा २ ज २०६७ नम्बरको टयाक्सी चालक दोरम्बा शैलुङ गाउँपालिका–५ का ३४ बर्षिय कृष्ण विशुंखेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका चालकलाई जिल्ला प्रशासन कार्यालय रामेछापबाट १० दिन म्याद थप गरेर सार्वजनिक हित, स्वास्थ्य सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान भइरहेको श्रेष्ठले बताए । दशैको अवसरमा मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी चलाउने क्रम रोक्नको लागि प्रहरीले नियमित रुपमा चेकजाँच गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्