रामेछापभित्र रातको समयमा यात्रा नगर्न जिप्रकाको आग्रह (विज्ञप्तीसहित)



३ कात्तिक, रामेछाप ।
अविरल बर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाभित्र पनि उच्च सतकर्ता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । सम्भावित अविरल बर्षाबाट हुन सक्ने क्षति रोक्नको लागि जिप्रका रामेछापले सडकमा पहिरो खस्ने जोखिम हुन सक्ने भएकाले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीद्धारा जारी विज्ञप्तीमा अझै पनि मौसममा सुधान भइनसकेको हुँदा सतर्कता अपनाउनु पर्ने भएकाले जिल्लाका ग्रामिण सडकमा रातको समयमा सवारी नचलाउन भनिएको छ । सवारी चलाउनु नै पर्ने अवस्था सृजना भएको खण्डमा आपसी समन्वय गरेर मात्र सञ्चालन गर्न पनि विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्