रामेछापमा वडा र पाालिकाको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गछौंः इन्चार्ज ढुंगेल
४ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापका इन्चार्ज कैलाश ढुंगेलले जिल्लामा पार्टीको वडा र पालिका अधिवेशन सर्वसम्म रुपमा सम्पन्न हुने बताएका छन् । उनले एकताको अधिवेशन भएकाले सर्वसम्मत रुपमा वडा र पालिकाको नेतृत्व चयन हुने बताएका हुन् । इन्चार्ज ढुंगेलले रामेछाप न्युजसँग भने,‘६४ वटै वडा र ८ वटै स्थानीय तहमा सर्वसम्म रुपमा नेतृत्व चयन हुन्छ ।’
यही कात्तिक ६ वडा अधिवेशन र कात्तिक ९ गते पालिकाको अधिवेशन हुँदैछ । वडा र पालिकाको अधिवेशनको सबै तयारी पूरा भएको नेकपा एमााले रामेछापका प्रवक्ता प्रकाश कुमार कार्कीले जानकारी दिए । रामेछापमा एमालेको साढे १० हजार संगठित सदस्य रहेका छन् । एमालेले ६ हजारबाट साढे चार हजार संगठित सदस्य थप्दै साढे दस हजार पुर्याएको हो ।