रामेछापमा माओवादीले संगठित सदस्यको संख्या ११ हजार पुर्‍याउने



५ कात्तिक, रामेछाप ।
नेकपा माओवादी केन्द्रले रामेछापमा संगठित सदस्यताको संख्या ११ हजार पुर्याउने भएको छ । माओवादीले अहिले रामेछापको ६४ वटै वडा र ८ वटै स्थानीय तहमा नयाँ संगठन सदस्यता वितरण र नविकरणको कामलाई तीब्रता दिएको छ ।

संगठित सदस्यता बढाउने नीति अनुरुप अहिले अभियानकै रुपमा अगाडि बढाइएको नेकपा माओवादी रामेछापका जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले रामेछाप न्युजलाई बताए । उनले भने,‘पुरानो रेकर्ड करिब ६ हजार थियो, अहिले थप गरेर ११ हजार पुर्याउने अभियान सञ्चालन भइरहेको छ ।’ पार्टी केन्द्रको सर्कुलर अनुसार अहिले संगठित सदस्यता वितरण र नविकरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्