रामेछापमा सबै वडामा आज एमालेको अधिवेशन हुँदै



६ कात्तिक, रामेछाप ।
नेकपा एमाले रामेछापले आज जिल्लाको सबै वडामा एक साथ वडा अधिवेशन भइरहेको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार जिल्लाको ६४ वटै वडामा वडा अधिवेशन सुरु भएको छ ।

नेकपा एमालेका सचिव आनन्द श्रेष्ठले अधिकाशं वडामा अधिवेशन सम्पन्न भएको र बाँकी रहेको केही वडामा पनि वडा अधिवेशन भइरहेको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार सवै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ । रामेछापमा एमालेको ११ हजार संगठित सदस्य रहेको बताउदै सचिव श्रेष्ठले अधिवेशनमा कहीकतै पनि विवाद विना नै अनुशासित ढंगले अधिवेशन भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्