एमाले सुनापति गाउँपालिका–४ बेथानको वडा अध्यक्षमा खड्का



६ कात्तिक, रामेछाप ।
नेकपा एमाले सुनापति गाउँपालिका–४ बेथानको वडा अधिवेशनबाट सन्देश कुमार खड्का वडा कमिटीको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको वडा अधिवेशनबाट सर्वसम्मत रुपमा खड्का अध्यक्षमा चयन भएका हुन् । वडा कमिटीको उपाध्यक्षमा रामकुमार लामा, सचिवमा दिनेश केसी, उपसचिवद्धयमा दिर्घराज लामा र सञ्जिव कुमार लामा निर्वाचित भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रविन्स लामाले सञ्चालन गरेको वडा अधिवेशनमा नेकपा एमालेका नेताहरु प्रदीप योञ्जन, भुवन घिमिरे, मान बहादुर दोङ, सूर्य दोङ, रामबाबु पाण्डे, अम्बरध्वज लामा, राज मैनाली लगायतकाे सहभागीता रहेको थियो ।
नेकपा एमालेका नेता अम्बध्वज लामाले वडा अधिवेशनमा माओवादी केन्द्र नेपाली कांग्रेस परित्याग गरेर तीन दर्जन भन्दा बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्