एमाले गोकुलगंगा गाउँपालिकामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न, यी हुन वडा कमिटीका अध्यक्षहरु (नामसहित)



७ कात्तिक, रामेछाप ।
नेकपा एमाले गोकुलगंगा गाउँपालिकाको एउटा वडा बाहेक बाँकी वडामा सर्वसम्मत रुपमा अध्यक्ष पदाधकारी र वडा कार्यसमितिका सदस्यहरु चयन भएका छन् । शनिवार सम्पन्न वडा अधिवेशन अन्तर्गत वडा नम्बर ५ नामाडी बाहेक अन्य वडामा सर्वसम्मत रुपमा नेतृत्वय चयन भएको हो ।

नेकपा एमाले गोकुलगंगा गाउँकमिटीका अध्यक्ष एवं गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारले दिएको जानकारी अनुसार वडा नम्बर १ चुचुरेको वडा कमिटीको अध्यक्षमा उमेश गुवाजु, वडा नमबर २ ठोसेको वडा कमिटीको अध्यक्षमा चेत बहादुर कार्की, वडा नम्बर ३ रस्नालुको वडा कमिटीको अध्यक्षमा अशोक सुनुवार, वडा नम्बर ४ बेतालीका वडा कमिटीको अध्यक्षमा शिव सागर खड्का र वडा नम्बर ६ फर्पुको वडा कमिटीको अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन् । वडा नम्बर ५ नामाडीमा भने आज नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्