रामेछापमा डकैती गरेको अभियोगमा पक्राउ परेका तीन जना जेल चलान



८ कात्तिक, रामेछाप ।
गत भदौमा रामेछापको लिखुतामाकोसी गाउँपालिका ६ जामुनेमा रातको समयमा हातहतियार देखाई डकैती गर्ने तीन जनालाई जिल्ला अदालत रामेछापे पुर्पक्षको लागि जेल चलान गरेको छ । प्रहरीले लामो अनुसन्धानपछि डकैतीमा संलग्नको समयमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकलितको कालार्य मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामाथि सुनुवाई गर्दै जिल्ला अदालत रामेछापले डकैतीमा संलग्न गोकलगंगा गाउँपालिका–६ फर्पुका आकाश तामाङ,लाल बहादुर तामाङ र मिलन तामाङ पुर्पक्षको लागी रामेछाप जिल्ला कारागार चलान गर्ने फैसला गरेको छ । कानुनको विवादमा परेका बर्ष १७ को नाम परिवर्तित गोकुलगंगा बम बहादुरलाई बाल सुधार गृह भक्तपुर चलान गर्ने फैसला अदालतले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्