यस्तो देखियो दोरम्बा शैलुङ गाउँपालिकामा एमालेको अधिवशेन (फोटोफिचर)



९ कात्तिक, रामेछाप ।
रामेछापको ८ वटै स्थानीय तहमा आज नेकपा एमालेको पालिकाहरुको अधिवेशन सुरु भएको छ । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आज ८ वटै स्थानीय तहमा एमालेको पालिकाका अधिवेशन सुरु भएको हो । अहिले ८ वटै स्थानीय तहमा नेताहरुले अधिवेशनको उदघाटन गरिसकेका छन् । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

दोरम्बा शैलुङ गाउँपालिकाको केन्द्र टोकरपुरमा पनि एमालेको गाउँ कमिटीको अधिवेशन सुरु भएको छ । अधिवेशनमा एमालेका नेता तुला प्रसाद कँडेल, रत्न गौतम लगायतका नेताहरुको सहभागीता रहेको थियो । यसअघि दोरम्बा गाउँपालिकाको ७ वटै वडामा एमालेको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भइसकेको छ । आजको अधिवेशनले अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारी र गाउँ कमिटीको सदस्यहरु चयन गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्